घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ

काठमाडाैं | असोज १२, २०८०

घुस लिएको आरोपमा मालपोतका सुब्बा र खरिदार पक्राउ

काठमाडौं:     भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपियाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई डेढ सो रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको हो । 


आयोगका प्रवक्ता भोला दाहालका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी छानबिन भइरहेको छ । उनीहरूलाई सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको हो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्